२० असार २०८३, शनिबार
बानेश्वरमा गगन-विश्व छलफल

विश्वप्रकाशसँग गगनले भने- पार्टी पराजयको जिम्मेवारी लिँदै राजीनामा दिन्छु

फागुन २५, २०८२
काठमाडौं
विश्वप्रकाशसँग गगनले भने- पार्टी पराजयको जिम्मेवारी लिँदै राजीनामा दिन्छु

नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टी पराजयको जिम्मेवारी लिँदै सभापतिबाट राजीनामा दिने बताएका छन् ।

सोमबार साँझ उपसभापति विश्वप्रकाश शर्मासँगको भेटमा उनले प्रतिनिधिसभा निर्वाचनमा पार्टी पराजयको जिम्मेवारी लिँदै राजीनामा दिने जानकारी गराए ।

तर, उपसभापति शर्माले भने राजीनामा नगर्न सुझाव दिएका छन् । उनले सभापति थापाले राजीनामा दिए पार्टी झनै अप्ठ्यारो अवस्थामा पुग्ने बताएका छन् ।

‘सभापतिले पार्टी पराजयको जिम्मेवारी लिएर मैले पद त्याग गर्नु उचित हुन्छ  । अत: म राजीनामा दिन्छु भन्नुभएको छ’, एक नेताले भने, ‘तर उपसभापति शर्माले रास्वपाको जित भन्दा बढी यो हाम्रो पराजय हो । तर यसको दोषी न त केवल एक व्यक्ति हो, न त विशेष महाधिवेशनबाट आएको कार्यसमिति हो । नयाँ कार्यसमिति बनेको ५ दिनमा उम्मेदवारी दर्ता अनि ५० औं दिनमा चुनाव थियो । त्यसैले पराजयको समग्र र सूक्ष्म समीक्षा गरेर स्थिति सम्हालेर अघि बढ्नुपर्छ, सभापतिले राजीनामा दिएर पार्टीलाई झनै अप्ठ्यारो अवस्थामा पुग्न दिनुहुन्न भन्नुभएको छ ।’

दुई नेताबीचको छलफल बानेश्वरमा सोमबार बेलुकासम्म जारी रहेको बताइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्