०५ साउन २०८३, मंगलबार

रास्वपा सहमहामन्त्री आचार्यको चुनावी खर्च १६ लाख २९ हजार रुपैयाँ

फागुन २६, २०८२
काठमाडौं
रास्वपा सहमहामन्त्री आचार्यको चुनावी खर्च १६ लाख २९ हजार रुपैयाँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री विपिनकुमार आचार्यले आफ्नो चुनावी खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन् ।

नेकपा एमालेका महासचिव शंकर पोखरेललाई पराजित गर्दै दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित आचार्यले मंगलबार आयोगमा आफ्नो चुनावी खर्च विवरण बुझाएका हुन् ।

आचार्यले आयोगमा बुझाएको विवरणअनुसार उनले फागुन २१ गते भएको निर्वाचनमा १६ लाख २९ हजार ५६२ रुपैयाँ खर्च गरेका छन् ।

आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गर्दै उनले तीन वटा विषयलाई अगाडि सारेका छन् । उनले अगाडि सारेका विषयमा 'खर्चमा पारदर्शिता: लोकतन्त्रको पहिलो सर्त', 'न्यून लागत, समावेशी अवसर' र अमूल्य योगदानप्रति कृतज्ञता रहेका छन् ।

निर्वाचनमा कति खर्च भयो र त्यो कहाँबाट आयो भन्ने कुरा ऐना जस्तै छर्लङ्ग हुनुपर्ने उनले बताएका छन् । 'हाम्रो निर्वाचन प्रणालीमा कति खर्च भयो र त्यो कहाँबाट आयो भन्ने कुरा ऐना जस्तै छर्लङ्ग हुनुपर्छ। जबसम्म उम्मेदवारले गर्ने खर्च पारदर्शी हुँदैन, तबसम्म सुशासनको जग बलियो हुन सक्दैन,' उनले भनेका छन् ।​​

यस्तो छ उनको खर्च विवरण :

null

salt training

कमेन्ट गर्नुहोस्