०२ असार २०८३, मंगलबार

जम्बु डाँडाबाट पेस्तोल र सय राउण्ड गोली बरामद

फागुन २६, २०८२
काठमाडौं
जम्बु डाँडाबाट पेस्तोल र सय राउण्ड गोली बरामद

काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको जम्बु डाँडाबाट प्रहरीले पेस्तोल र सय राउण्ड गोली बरामद गरेको छ ।

झाडीमा लुकाइएको अवस्थामा तीन वटा म्यागेजिन, एउटा पेस्तोल र सय राउण्ड गोली बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले लोकान्तरलाई जानकारी दिए । 

उनका अनुसार बरामद गोली र म्यागेजिन प्रहरीबाटै लुटिएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

थप अनुसन्धान भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्