३० असार २०८३, मंगलबार
संयुक्त इजलासको आदेश

रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिट अब पूर्ण इजलासमा सुनुवाइ हुने

फागुन २७, २०८२
काठमाडौं
रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिट अब पूर्ण इजलासमा सुनुवाइ हुने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिट अब सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ ।

बुधबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै पूर्ण इजलासमा पठाउने आदेश गरेको हो ।

यसअघि महान्यायाधिवक्ता कार्यालयले रविमाथिको अभियोग संशोधन गर्दै सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा नचलाउने निर्णय गरेको थियो । रविसँगै सहकारी ठगी प्रकरणमा जोडिएका सबैमाथि लगाइएको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित अभियोग फिर्ता लिने निर्णय भएको थियो ।

महान्यायाधिवक्ता कार्यालयको उक्त निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता आभास रेग्मी र युवराज सफल (पौडेल)लगायतले छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए ।

वरिष्ठ अधिवक्ता त्रिपाठीले न्यायाधीश मल्ल र पौडेलको इजलासले  रिट निवेदनको सुनुवाइ पूर्ण इजलासमा गर्न आदेश दिएको लोकान्तरलाई जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्