०४ साउन २०८३, सोमबार

अमेरिकाले सार्वजनिक गर्‍यो इरानी नौसैनिक जहाज नष्ट गरेको भिडियो

फागुन २७, २०८२
काठमाडौं
अमेरिकाले सार्वजनिक गर्‍यो इरानी नौसैनिक जहाज नष्ट गरेको भिडियो

अमेरिकी केन्द्रीय कमान्डले अमेरिकी आक्रमणमा इरानी नौसैनिक जहाज विस्फोट भएर नष्ट भएको देखिने भिडियो सार्वजनिक गरेको छ ।

अमेरिकी सेनाका अनुसार मंगलबार हर्मुज जलडमरू नजिक रहेका बारुद बिछ्याउने १६ वटा इरानी जहाजलाई लक्ष्य बनाएर नष्ट गरिएको हो ।

अमेरिकी संयुक्त सेना प्रमुखहरूको समितिका अध्यक्ष जनरल ड्यान केनले सोमबार रक्षा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा इरानको नौसेना ध्वस्त पार्नु ‘अपरेसन एपिक फ्युरी’ नामक सैन्य अभियानका तीन प्रमुख उद्देश्यहरूमध्ये एक रहेको बताएका थिए ।

null

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलडमरूमा बारुद बिछ्याउने प्रयास गर्ने कुनै पनि इरानी जहाजलाई नष्ट गरिने चेतावनी दिएका थिए । 

मध्यपूर्वको महत्त्वपूर्ण अन्तर्राष्ट्रिय समुद्री मार्ग मानिने यस जलमार्गमा पछिल्लो समय कन्टेनर जहाज पनि आक्रमणको निशानामा परेका छन् ।

अमेरिकी केन्द्रीय कमान्डले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियोमा विभिन्न आकारका जहाज प्रहारपछि विस्फोट भएर ध्वस्त भएको देखिन्छ ।

null

salt training

कमेन्ट गर्नुहोस्