२४ असार २०८३, बुधबार

एमाले महासचिव पोखरेलको चुनावी खर्च ​१७ लाख ५० हजार

फागुन २७, २०८२
काठमाडौं
एमाले महासचिव पोखरेलको चुनावी खर्च ​१७ लाख ५० हजार
फाइल फोटो

नेकपा एमालेका महासचिव शंखर पोखरेलले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् ।

बुधबार निर्वाचन आयोगमा बुझाएको खर्च विवरण उनले आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् ।

उक्त विवरणअनुसार उनले फागुन २१ गते सम्पन्न निर्वाचनमा १७ लाख ५० हजार रुपैयाँ खर्च गरेका छन् ।

महासचिव पोखरेल दाङ क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विपिनकुमार आचार्यसँग पराजित बनेका थिए ।

४३ हजार ५५९ मत प्राप्त गर्दै आचार्य विजयी हुँदा ​पोख्रेलले १५ हजार २८७ मत प्राप्त गरेका थिए ।

null

salt training

कमेन्ट गर्नुहोस्