
नेपाली कांग्रेसले राष्ट्रियसभामा एकताबद्ध भएर सक्रिय र विशेष जिम्मेवारीपूर्वक प्रस्तुत हुने निर्णय गरेको छ ।
कांग्रेस राष्ट्रियसभाका बहालवाला र नवनिर्वाचित सदस्यहरूको आज बसेको बैठकले उक्त निर्णय गरेको हो ।
कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाको उपस्थितिमा भएको बैठकले गत माघ ११ गते कांग्रेसको तर्फबाट निर्वाचित सदस्यहरूलाई स्वागत गरेको थियो ।
मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्दै बैठकले आगामी दिनमा जनताको भावना अनुरूप दलको तर्फबाट राष्ट्रियसभामा एकताबद्ध भएर सक्रिय र विशेष जिम्मेवारीपूर्वक प्रस्तुत हुने निर्णय गरेको प्रमुख सचेतक कृष्णबहादुर रोकायले जानकारी दिए ।