२४ असार २०८३, बुधबार

इरानका नयाँ सर्वोच्च नेता कोमामा रहेको दाबी

फागुन २९, २०८२
काठमाडौं
इरानका नयाँ सर्वोच्च नेता कोमामा रहेको दाबी

मध्यपूर्वमा जारी तनावकाबीच इरानका नयाँ सर्वोच्च नेता मुज्तबा खामेनी कोमामा रहेको दाबी गरिएको छ । फेब्रुअरी २८ मा इजरायली-अमेरिकी हवाई आक्रमणमा मुज्तबा गम्भीर घाइते भएका थिए।

बेलायती मिडिया द सनमा प्रकाशित एक रिपोर्ट अनुसार, आक्रमणमा मुज्तबालाई यति गम्भीर चोट लागेको थियो कि उनको एउटा खुट्टा काट्नुपरेको थियो र उनको पेट र कलेजोमा पनि क्षति पुगेको थियो। त्यसैले, उनी कोमामा छन्।

मुज्तबाले मार्च ९ मा आफ्ना बुबा, पूर्व इरानी सर्वोच्च नेता अली खामेनीको मृत्युपछि सर्वोच्च नेताको पद ग्रहण गरेका थिए। इरानी सरकारले उनको अवस्थाबारे अहिलेसम्म कुनै आधिकारिक जानकारी जारी गरेको छैन।

खामेनीको पहिलो वक्तव्य पनि इरानी सरकारी टिभीका समाचार प्रस्तोताले पढेका थिए । वक्तव्यमा इरानले दुबईमा आक्रमण जारी राख्ने र होर्मुजको महत्वपूर्ण जलडमरूलाई बन्द गर्ने उल्लेख थियो ।

salt training

कमेन्ट गर्नुहोस्