२६ असार २०८३, शुक्रबार
उम्मेदवारी खारेजी विवाद

धनुषा १ सम्बन्धी रिट : न्यायाधीश सुवेदीले 'रेक्युजल' गरेपछि सुनुवाइ आइतबारलाई सर्‍यो

फागुन २९, २०८२
काठमाडौं
धनुषा १ सम्बन्धी रिट : न्यायाधीश सुवेदीले 'रेक्युजल' गरेपछि सुनुवाइ आइतबारलाई सर्‍यो

धनुषा क्षेत्र नम्बर १ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमलको रिटमाथिको सुनुवाइ आइतबारका लागि सरेको छ । 

न्यायाधीश शारङ्गा सुवेदीले हेर्न नमिल्ने भन्दै 'रेक्युजल' गरेपछि आइतबारका लागि सुनुवाइ सरेको अधिवक्ता रवि नायकले लोकान्तरलाई जानकारी दिए ।

सुवेदीकै इजलासले बिहीबार साहको कालोसूचीसम्बन्धी रिटमा अन्तरिम आदेश गरेको थियो । सोहीकारण स्वार्थ बाझिने भन्दै सुवेदीले यो रिटलाई हेर्न नमिल्नेमा राखेको अधिवक्ता नायकले बताए ।

उम्मेदवारी खारेज गर्ने निर्णयविरुद्ध निर्वाचन आयोगलाई विपक्षी बनाइएको रिट शुक्रबार न्यायाधीशद्वय सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासमा पेशी चढेको थियो ।

निर्वाचन आयोगले कालोसूचीमा रहेको कारण देखाउँदै साहको उम्मेदवारी खारेज गरेको थियो । यद्यपि उनी उम्मेदवार रहेको घण्टी चिह्नमा सर्वाधिक मत खसेको थियो ।

आयोगले नेपाली कम्युनिस्ट पार्टीका मातृका यादवलाई निर्वाचित भएको प्रमाणपत्र दिइसकेको छ ।
  

salt training

कमेन्ट गर्नुहोस्