२८ जेठ २०८३, बिहीबार

तेस्रो संस्करणको मारवाडी प्रिमियर लिग क्रिकेट प्रतियोगिता सुरु

फागुन २९, २०८२
काठमाडौं
तेस्रो संस्करणको मारवाडी प्रिमियर लिग क्रिकेट प्रतियोगिता सुरु

स्वर्गीय सुशीलकुमार खेतानको स्मृतिमा आजदेखि वीरगञ्जको आर्दश रङ्गशालामा तेस्रो संस्करणको मारवाडी प्रिमियर लिग क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

मारवाडी युवा मञ्च र ग्रिनसिटी सामुदायिक सेवा केन्द्रको आयोजनामा भएको मारवाडी प्रिमियर लिग क्रिकेट आगामी चैत १० गतेसम्म सञ्चालन हुनेछ । वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले प्रतियोगिताको उद्घाटन गर्दै खेलकुदको नगरीका रूपमा वीरगञ्ज विकास हुँदै आइरहेको बताए । “स्वास्थ्यका लागि खेलकुद निकै महत्त्वपूर्ण छ”, उनले भने, “यस्ता प्रतियोगिताले नयाँ उदयमान खेलाडी जन्माओस् भन्ने आशा राखेको छु ।”

ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले मारवाडी समुदायमा रहेका खेलाडीबीच भातृत्व र खेलकौशल अभिवृद्धि गर्नका लागि प्रतियोगिता आयोजना गरिएको बताए । आजको पहिलो उद्घाटन खेलमा दि फग फाइटर कैलाश र एभरेष्ट ब्लेजिङबीच खेल भएको छ । १५–१५ ओभरको खेलमा १० वटा टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेता टोलीले नगद रु चार लाख र उपविजेता टोलीले दुई लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ । म्यान अफ द सिरिज हुनेलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताअन्तर्गत दैनिक दुई खेल लाइटमा खेलाइनेछ ।

salt training

कमेन्ट गर्नुहोस्