
नेपाली कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फको २० सिटका लागि निर्वाचन आयोगमा नाम पठाएको छ ।
आइतबार बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकले आयोगले तोकेको क्लस्टर अनुसार सूची बुझाउने निर्णय गरेको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
यसमा १५ जना महिला र ५ जना पुरुषको नाम कांग्रेसले आयोगलाई दिएको छ ।
यसअघि पेस गरेको बन्दसूचीबाट नाम छानिएको प्रवक्ता चालिसेले बताए । पुरुषको खस आर्यतर्फ अर्जुननरसिंह केसी र जनजातितर्फ भीष्मराज आङदम्बेको नाम पठाइएको छ ।
प्रवक्ता चालिसेले निर्वाचनको समीक्षा गर्न यसै साता केन्द्रीय समिति बैठक बस्ने पनि जानकारी दिए ।