
सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा एमाले सचिव महेश बस्नेतसँग लिखित जवाफ माग्ने आदेश गरेको छ ।
आइतबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको संयुक्त इजलासले बस्नेतसँग अदालतको अवहेलना मुद्दामा किन कारबाही नगर्ने भनी लिखित जवाफ मागेको हो ।
साथै बस्नेतलाई आफैं उपस्थित हुन पनि सर्वोच्चले आदेश गरेको छ ।
अधिवक्ता लबन न्यौपानेले बस्नेतविरुद्ध गत बुधबार अदालतको अवहेलना मुद्दामा कारबाही गर्नुपर्ने मागसहित मुद्दा दायर गरेका थिए ।
न्यायाधीशलाई लक्षित गर्दै विचाराधीन प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा केन्द्रित रहेर अभिव्यक्ति दिएको भन्दै बस्नेतविरुद्ध अवहेलना मुद्दा दायर भएको थियो ।