३२ असार २०८३, बिहीबार
रुपन्देहीबाटै अब रास्वपाका १० सांसद

रुपन्देहीबाट समानुपातिकमा परेका रास्वपाका ५ सांसद को हुन् ?

चैत २, २०८२
बुटवल
रुपन्देहीबाट समानुपातिकमा परेका रास्वपाका ५ सांसद को हुन् ?

रुपन्देहीबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ५ जना समानुपातिक सांसद बनेका छन् । 

समानुपातिकमा रास्वपाले पाएका ५७ सिटमध्ये रुपन्देहीबाट मात्रै ५ जना परेका छन् । अर्को संयोग पाँचै जना महिला परेका छन् ।

रास्वपाले रुपन्देहीमा प्रत्यक्षतर्फ ५ वटै क्षेत्र जितेर ‘क्लिन स्विप’ गरेको थियो । समानुपातिकमा पनि ५ सांसद छानिएसँगै रुपन्देहीबाट मात्रै रास्वपाका १० जनाको संघीय संसद्‌मा प्रतिनिधित्व हुने भएको हो । 

समानुपातिकको खस आर्यतर्फ श्रद्धा कुँवर, मञ्जु भुसाल र ज्ञानु पौड्याल सिफारिस भएका छन । कुँवर खस आर्यको ६, मञ्जु ११ र पौड्याल १५ औं नम्बर सिफारिस भए ।

मधेशी महिलातर्फ भैरहवाकी पुनम अग्रवाल एक नम्बरमा सिफारिस भएकी छन् । त्यस्तै, दलिततर्फ बुटवलकी अमृत विक दोसो नम्बरमा सिफारिस भएकी छन् । 

सांसद भएकाहरू अधिकांश उद्योगी, निर्माण व्यवासी, व्यापारी रहेका छन् । रास्वपाले आइतबार सचिवालय बैठक बसेर समानुपातिक सांसदको नाम छनोट गरी निर्वाचन आयोगमा पठाएको थियो । 

पुनम उद्यमी तथा भैरहवा अवस्थित देशकै ठूलो प्राङ्गारिक मल उद्योग सञ्चालक हुन् । सफल महिला उद्यमीको पहिचान बनाएकी पुनम सम्पन्न परिवारमा पर्छिन् । 

उनी केही समयअघि उत्कृष्ट उद्यमीमा रूपमा छनोट पनि भएकी थिइन् । 

यस्तै, पौड्याल सामाजिक क्षेत्रलाई आफ्नो कर्मक्षेत्र बनाएर सामान्य परिवारबाट उदाउँदै एक सबल महिलाको पहिचान बनाएकी पात्र हुन् ।

पौड्याल विभिन्न संघसंस्थाको नेतृत्व गर्दै समाजसेवामा सक्रिय छन् । द्वन्द्व प्रभावित, अभावमा परेका गभर्वती, सुत्केरी, हिंसामा परेकाहरूको संरक्षण र उद्धारको क्षेत्रमा पनि उनले काम गरेकी थिइन् । 

उनी रुपन्देहीमा हुने भनिएको उपचुनावको बेलादेखि पार्टीमा सक्रिय थिइन् । भुसाल निर्माण व्यवसायी (ठेकेदार) हुन् । उनी लुम्बिनी निर्माण व्यवसायी संघ, रुपन्देहीको अध्यक्ष समेत हुन । 

चुनाव हुने निश्चित भएसँगै पौड्याल एमाले छाडेर रास्वपामा प्रवेश गरी समानुपातिक सूचीमा समेटिएकी थिइन् । तीन वर्षअघि उनी तत्कालीन नेकपा माओवादीबाट एमालेमा प्रवेश गरेकी थिइन् । 

यस्तै, श्रद्धा एमाले युवा संघको राजनीति गर्दै रास्वपामा लागेकी थिइन् । श्रद्धाका बुवा गुमानसिंह कुँवर एमाले रूपन्देहीका जिल्ला नेता हुन् । अमृता विक पनि केही समय अघि मात्र पार्टी जोडिएकी थिइन् । उनको बुटवलमा सुनचाँदी पसल रहेको बताइएको छ ।

रास्वपा रुपन्देही क्षेत्रीय सभापति मधु अर्यालले सबैजसो समानुपातिक सांसदहरू क्षमतावान र युवा रहेको बताए । ‘प्रत्यक्ष जित्ने पनि युवा हुनुहुन्छ, समानुपातिकमा पनि सबै युवा र योग्य व्यक्तिहरू बन्नुभएको छ’, सभापति मधुले भने । 

रास्वपाले प्रत्यक्षतर्फ लुम्बिनी प्रदेशका २६ सिटमध्ये २१ क्षेत्रमा जित हासिल गरेको छ । यस्तै, समानुपातिकतर्फ पनि रास्वपाले सबैभन्दा धेरै मत ९ लाख ३३ हजार ३५२ मत पाएको छ । 

कांग्रेस ३ लाख २८ हजार ७१९ मतसहित दोस्रो र एमाले २ लाख ९६ हजार ५४२ मतसहित तेस्रो भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्