
प्रधानमन्त्री सुशीला कार्की स्थलगत निरीक्षणका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेकी छन् ।
त्यहाँबाट प्रवाह हुने सेवाको निरीक्षणका लागि प्रधानमन्त्री कार्की सोमबार दिउँसो बबरमहलस्थित जिल्ला प्रशासन कार्यालयमा पुगेकी हुन् ।
प्रधानमन्त्री कार्कीलाई प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले स्वागत गरे ।
चुनाव सम्पन्न गराएर बिदा हुने तरखरमा रहेकी कार्कीले जिल्ला प्रशासनका हरेक फाँटबाट हुने सेवा प्रवाहको अनुगमन गरेकी हुन् ।
जिल्ला प्रशासन सेवाग्राहीसँग प्रत्यक्ष जोडिनेमध्येको प्रमुख कार्यालय हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले टोकन प्रणालीसहितको सेवा प्रवाह गर्दै आएको छ ।