२९ असार २०८३, सोमबार

पूर्वसांसद सन्तोष चालिसेलाई ५ लाख धरौटीमा छाड्न आदेश

चैत २, २०८२
काठमाडौं
पूर्वसांसद सन्तोष चालिसेलाई ५ लाख धरौटीमा छाड्न आदेश
फाइल फोटो

नेपाली कांग्रेसका पूर्वसांसद सन्तोष चालिसेलाई पाँच लाख धरौटीमा छाड्ने आदेश भएको छ ।

अवैध सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दामा चालिसेसँग सोमबार विशेष अदालतले पाँच लाख रुपैयाँ धरौटी माग गरेको हो ।

न्यायाधीशहरू नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले उक्त आदेश गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालिसेविरुद्ध तीन करोड ६८ लाख ४७ हजार बिगो कायम गरी मुद्दा दायर गरेको थियो ।

चालिसे गोकर्णेश्वर नगरपालिकाका पूर्वमेयर समेत हुन् । मेयर भएकै समयमा उनले अकुत सम्पत्ति आर्जन गरेको अख्तियारको दाबी थियो ।

विशेषले आदेशमा भनेको छ, ‘पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरे बमोजिम हुनेगरी पाँच लाख धरौटी वा सो सरह बैंक जमानत लिई चालिसेलाई तारेखमा राखी मुद्दा पुर्पक्ष गर्नु, धरौटी नबुझाए वा बैंक जमानत नबुझाए थुनुवा पुर्जी दिई थुनामा राख्न सम्बन्धित कारागार पठाइदिनु।’

यो पनि पढ्नुहोस्,

पूर्व सांसदविरुद्ध अकुत सम्पत्तिको भ्रष्टाचार मुद्दा : काठमाडौंका १६ ठाउँमा २० रोपनी जग्गा 

यस्तो छ आदेश :

nullnull

salt training

कमेन्ट गर्नुहोस्