१९ असार २०८३, शुक्रबार

ललितपुरका ग्यास भण्डारणमा विभागको छापा, ६ हजारभन्दा बढी भरिएका सिलिन्डर बरामद

चैत २, २०८२
काठमाडौं
ललितपुरका ग्यास भण्डारणमा विभागको छापा, ६ हजारभन्दा बढी भरिएका सिलिन्डर बरामद

ललितपुरको ​हरिसिद्धिस्थित श्रीराम ग्यास भण्डारणमा ६ हजारभन्दा बढी ग्यास सिलिन्डर भेटिएका छन् ।

वाणिज्य विभागले सोमबार अनुगमन गर्दा श्रीराम ग्यास भण्डारणमा ६ हजार ३७७ वटा भरि ग्यास सिलिन्डर बरामद गरेको हो ।

बजारमा कृत्रिम अभाव सृजना गरेको र अनावश्यक भण्डारण गरेको भन्दै विभागले बिक्रेतालाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ । 

बरामद गरिएका उक्त सिलिन्डरहरू नेपाल आयल निगमको रोहबरमा बिक्री वितरणको प्रबन्ध मिलाउन विभागले निर्देशन दिएको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्