२१ असार २०८३, आइतबार

३५ वर्षीय युवाको हत्या आरोपमा एक जना पक्राउ

चैत ३, २०८२
काठमाडौं
३५ वर्षीय युवाको हत्या आरोपमा एक जना पक्राउ

बाजुरामा ३५ वर्षीय युवाको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

स्वामीकार्तिक खापर गाउँपालिका-२ पुडेनी बस्ने ३५ वर्षीय सर्वाश बुढाको हत्या गरेको आरोपमा ४० वर्षीय धनबहादुर महतरालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको हो । 

धनबहादुर र उनकै १८ वर्षीय छोराले ढुङ्गा प्रहार गर्दा सर्वाशको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट मुक्तिकोटबाट खटिएको प्रहरीले धनबहादुरलाई पक्राउ गरेको हो ।

प्रहरीले हाल फरार धनबहादुरको छोराको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 


 

कमेन्ट गर्नुहोस्