
अफ्रिकी फुटबलमा ठूलो नाटकीय परिवर्तन भएको छ । २०२५ को अफ्रिका कप अफ नेसन्स (अफकन)को फाइनलको नतिजा दुई महिनापछि परिवर्तन गरिएको हो ।
अपिल बोर्डको निर्णयपछि मोरोक्कोलाई च्याम्पियन घोषणा गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । फाइनलमा जित हासिल गरे पनि नियम उल्लंघनका कारण सेनेगलले उपाधि गुमाएको हो ।
कन्फेडेरेसन अफ अफ्रिकन फुटबल (सिएएफ)ले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार फाइनलमा सेनेगलको १–० को जितलाई रद्द गरिएको छ । योसँगै मोरक्को ३–० ले विजयी भएको घोषणा गरिएको हो ।
यससँगै आयोजक मोरोक्को च्याम्पियन बनेको हो ।
गत १८ जनवरीमा भएको फाइनल खेलपछि विवाद भएको थियो । फाइनलको अन्त्यतिर मोरक्कोको पक्षमा पेनाल्टीको निर्णय सुनाएपछि सेनेगलका अधिकांस खेलाडीले त्यसको विराधमा मैदान छाडेका थिए ।
केही समयपछि सेनेगलका खेलाडी मैदानमा फर्के र मोरक्को त्यस पेनाल्टीमा गोल गर्न चुकेको थियो । त्यसपछि पापे गुयेले गोल गरे र सेनेगल १–० ले विजयी भएको थियो ।
मोरक्कोको अपिलपछि काफले उसको पक्षमा ३–० को नतिजा सुम्पेको छ र सेनेगलले त्यस फाइनल छाडेको मानिएको हो । प्रतियोगिताको नियम अनुसार कुनै टिमले खेल छाडेमा अथवा खेल्न अस्विकार गरेमा त्यसलाई पराजित मानिने भनिएको छ ।