२३ जेठ २०८३, शनिबार

सगरमाथा म्युजिक अवार्डको उत्कृष्ट पाँच मनोनय सार्वजनिक [सूचीसहित]

चैत ५, २०८२
काठमाडौं
सगरमाथा म्युजिक अवार्डको उत्कृष्ट पाँच मनोनय सार्वजनिक [सूचीसहित]

सातौं सगरमाथा म्युजिक अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ । विभिन्न २४ विद्यामा उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको हो । ‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवर्द्धन हाम्रो अभियान’ भन्ने मूल नारासहित अर्थ नेपाल प्रालिद्वारा आयोजित अवार्डका लागि मनोनयन घोषणा गरिएको हो ।

आयोजक संस्था अर्थ नेपाल प्रालिद्वारा जारी विज्ञप्ति अनुसार जुरी र आयोजक समितिको निर्णयका आधारमा उत्कृष्ट पाँचको छनोट गरिएको जनाइएको छ । अवार्ड कार्यक्रममा नेपाली गीतसंगीत क्षेत्रमा दीर्घकालीन योगदान पुर्‍याएका एक विशिष्ट व्यक्तित्वलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिने कार्यक्रम संयोजक मनोज थापाले जानकारी दिए ।

साथै २५ वर्षभन्दा लामो समयदेखि रंग पत्रकारितामा सक्रिय एक पत्रकारलाई ‘रजत पत्रकारिता सम्मान’ प्रदान गरिने कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेतले बताए । यसका अतिरिक्त नेपाली कला क्षेत्रमा सक्रिय पत्रकार तथा कलाकारहरूलाई समेत सम्मान गरिने जनाइएको छ ।

यस वर्षको अवार्डका निर्णायकहरूमा संगीतकार सन्तोष श्रेष्ठ (संयोजक), कलाकार सनम कठायत, साहित्यकार प्रकाश श्रेष्ठ (मालिका केशरी), चलचित्रकर्मी देवेन्द्र बजगाईं तथा आयोजक समिति रहेका छन् ।

अवार्डमा मनोनयनमा परेका कलाकर्मीहरूलाई ‘खल्ती’ एपमार्फत भोट गर्न सकिने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ । अवार्डको फाइनल कार्यक्रम २०८२ चैत २५ गते राष्ट्रिय नाचघर जमलमा हुने संयोजक थापाले जानकारी दिए ।

यस्ता छन् उत्कृष्ट मनोनय
सर्वोत्कृष्ट चलचित्र गायन
१. समिक्षा अधिकारी-बुझिनँ मैले (बोक्सीको घर)
२. बेनिसा पौडेल-बिहे भाको छैन (छक्का पञ्जा ५)
३. रिता केसी-रिमै (रिमै)
४. प्रशान्त सिवाकोटी-काँधेकुरी (पूर्ण बहादुरको सारंगी)
५. सुजाता केसी-छ भने माया (रंगी)

सर्वोत्कृष्ट चलचित्र गीतकार
१. ऋषिराज आचार्य-कर्णाली काटौला (द्रौपदी)
२. यादव लम्साल -कसमको बत्तिको (ज्वाई साब)
३. नवराज पन्त-रैया चाँदीको (पूर्ण बहादुरको सारंगी)
४. राम अविरल बिष्ट-बिञ्जुरी (घर ज्वाई)
५. हर्क साउद-मखमली चोली (उनको स्वीटर)

सर्वोत्कृष्ट चलचित्र संगीतकार
१. जयन जे वाइवा-छड्के सलाम (बेहुली फ्रम मेघौली)
२. एस.डी योगी-रुकुम मैकोट (खुस्मा)
३. आशिष अविरल-रैया चाँदीको (पूर्ण बहादुरको सारंगी)
४. अर्जुन पोखरेल-यो मनले (१२ गाउँ)
५. करण राज कार्की – दर्शन गरे (पुजार सार्की)

सर्वोत्कृष्ट पप/आधुनिक गायक
१. नारायण थापा-औधी मन पराएँ
२. सिडी विजय अधिकारी-सोल्टीनी
३. उमेश मुस्कान-तिम्रै माया लाग्छ
४. पवन रानाभाट-सम्झिन्छु तिमीलाई पनि
५. रुद्र शेखर शर्मा-के छ ओई सान्नानी

सर्वोत्कृष्ट पप/आधुनिक गायिका
१. सुमि पराजुली-माया गर्ने तरिका
२. रेश्मा पुन-मायाका गीत
३. निता आचार्य- ताँते गर्दै
४. मनमाया पंगेनी- एैना जस्तै हिमाल हेर्दा
५. रानु निरौला-चोली ढाकाको

सर्वोत्कृष्ट पप/आधुनिक गीतकार
१. डा.रमिल अधिकारी-आउ एउटा बाँचा गरौं
२. हेमराज तामाङ-तिमी मेरो प्राण हौं
३. रोहन पौडेल(जनक)- जेल पनि सहुँला
४. पुस्कर शाह-ताते गर्दै
५. सुमन के धिताल- सबलाई आफ्नो सोच्ने मान्छे

सर्वोत्कृष्ट पप/आधुनिक संगीतकार
१. शिशिर योगी-ताते गर्दै
२. जीवन शर्मा-निर्वाध मन
३. राजेन्द्र बजगाई-पुतली
४. कमल अधिकारी-बग्ने खोलाको पानी
५. ज्ञानेन्द्र गिरी-आउ एउटा बाँचा गरौं

सर्वोत्कृष्ट बाद्यवादन
१. सुरेन लामा
२. सुनिल सिंह नेपाली
३. सन्दीप कार्की
४. बिशाल पौडेल

सर्वोत्कृष्ट पप/आधुनिक मोडल महिला
१. पुनम श्रेष्ठ-तिमी मेरो प्राण हौं
२. प्रतिक्षा काफ्ले -औधी मन पराए
३. सुजिना गोले-कति माया गर्छु तिमीलाई
४. पुजा ठाकु-जानु त पर्छ एक दिन
५, सजिना लामिछाने-देखेपछि

सर्वोत्कृष्ट पप/आधुनिक मोडल पुरुष
१, प्रज्वलराज भट्ट-औधी मन पराए
२, बादल घिमिरे -हारी सके
३, अंशु बर्मा -भुपु माया रिर्टन्स
४, प्रवास लामा – कति माया गर्छु तिमीलाई
५, कुन्दन गुप्ता – दुनियाँ जल्दैछ

सर्वोत्कृष्ट लोक तथा दोहोरी गायक
१, निरम कुमार शाही- उखुमै बनायो
२, राजु ढकाल – खोली सलल
३, सुरेश अन्जन -विहेको निम्तो
४, पुरुषोत्तम गैरे – बैनीको का परो
५, सागर आले – बुझेन मायाले प्यार गरेको

सर्वोत्कृष्ट लोक तथा दोहोरी गायिका
१, इश्वल सन्ज्याल – ईत्ति माया
२, कला गुरुङ – घरबारे माया
३, शान्ति शाही- जोवन मलाई देउ
४, सिम्रन परियार- बैनीको का पर्‍यो
५, रितु बोहोरा- पैसा जोगाउन

सर्वोत्कृष्ट लोक तथा दोहोरी शब्द
१, दीपक अधिकारी-यो जुनीमा
२, नेत्र अर्याल-जोबन मलाई देउ
३, सेर साउद-ईत्ति माया
४,कमल खनाल-तालि बजाइदेउ
५,रोशन रेग्मी-ए बा हो मलाई

सर्वोत्कृष्ट लोक तथा दोहोरी लय
१,शिव काम्छा मगर-घरबारे माया
२,रमेश परियार-उखुमै बनायो
३,सुप्रिम विश्वकर्मा-तिम्रो मिठो बोली
४,रोशन सिंह-अरे आम्मै मरे
५,मन्जीत पहाडी- चिसो चिसोमा

सर्वोत्कृष्ट लोक तथा दोहोरी मोडल महिला
१, आशा विश्वकर्मा-तिम्रो मिठो बोली
२, अस्मिता जुरेली-बुझेन मायाले प्यार गरेको
३, संचिता बोलाखे- घामपानीको छाता
४,सरिता धनकुटी-दिलको ढोका
५, आरुसी मगर-झ्याप्पै

सर्वोत्कृष्ट लोक तथा दोहोरी मोडल पुरुष
१, अभिशेख खड्का-जोबन मलाई देउ
२, सुरेश कोली- झ्याप्पै
३, विमल अधिकारी-म त सोझी गाउँकी
४, कैलाश कठायत- ईत्ती माया
५, सहिन प्रजापति-मलाई त्यही बानी मन पर्छ

सर्वोत्कृष्ट कोरियोग्राफी
१, सन्दीप भुजेल-काँचो रानी बेल
२,राहुल शाह-किस किस
३,अनिल राई-लुकुनी
४,राजाराम सिंखडा-पश्मिनाको सल
५,लोसिना शाक्य-झिम झिमाउने आँखा

सर्वोत्कृष्ट सर्वोत्कृष्ट नव गायन
१, सर्जु रञ्जित-ईत्ती माया
२, मदन बम-तिमी मेरो हौं
३, आश्मा दुलाल- मेरो बाबा
४, शिवजी परियार-बाग्लुङ गुड्यो रात्रि बस
५, मिना एनपी-मनमा के छ

सर्वोत्कृष्ट पप/आधुनिक नव मोडल
१, गिता पन्थी-मिठा मिठा मनका कुरा
२,इशा परियार-चुना लगाएर
३,सहिस्मा खड्का-जेनतेन चलिराछ
४,एनिसा अधिकारी- लेखान्त कल्पना नै नगरेको
५,ग्रिष्मा पौडेल-अलविदा

सर्वोत्कृष्ट लोक तथा दोहोरी नव मोडल
१, रचना न्यौपाने-तालि बजाइदेउ
२, अन्जु सुनार-गलबन्दी
३,कुशुम कुँवर- म त सोझी गाउँकी
४, आशिका घिमिरे-चिसो चिसोमा

सर्वोत्कृष्ट बाल प्रतिभा
१, आर्यन पाण्डे- मेरो अनुरोधमा
२, परिधि खतिवडा-घरकी फूलबारी
३, प्रिन्स बम-लागु ‍औषध विरुद्ध महाअभियान
४, एलेक्स खड्का-डिर्भोस
५, इनोभ गुरुङ-रोधीघर

सर्वोत्कृष्ट म्युजिक भिडियो छायांकार
१, रुपेश थापा-नाच नाच
२, महेश महरा-तिम्रै माया लाग्छ
३, प्रकाश खड्का-कति माया गर्छु तिमीलाई
४, उत्सव दाहाल-तिम्रो साथमा
५, दिपक गिरी-ऐना जस्तै हिमाल

सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादन
१, विकास दाहाल-तिमी मेरो प्राण हौं
२, कल्पेश विश्वकर्मा- साथ दिने मान्छे यस्तो होस
३, अमृत चापागाई- सम्झिन्छु तिमीलाई पनि
४, मनोज कार्की-लाहुेरे लैन केरे
५, मिन रावल-तिम्रो मनको

सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक
१,जेरी भण्डारी-खोली सलल
२,शेर साउद- ईत्ति माया
३,किरण श्रेष्ठ- ताते गर्दै
४,प्रविण थापा-अरे आम्मै मरे
५,निरेन श्रेष्ठ-जाम कान्छि रेलैमा

salt training

कमेन्ट गर्नुहोस्