२३ असार २०८३, मंगलबार

६ राजनीतिक दलका प्रतिनिधिसँग संसद् सचिवालयको छलफल

चैत ५, २०८२
काठमाडौं
६ राजनीतिक दलका प्रतिनिधिसँग संसद् सचिवालयको छलफल

संघीय संसद् सचिवालयले ६ वटा राजनीतिक दलका प्रतिनिधिसँग छलफल थालेको छ ।

हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट राष्ट्रिय दल बनेका पार्टीका प्रतिनिधिसँग संसद् सचिवालयले अनौपचारिक छलफल थालेको हो ।

बिहीबार दिउँसो सिंहदरबारस्थित राज्य व्यवस्था समिति बैठक हलमा छलफल चलिरहेको छ ।

छलफलमा रास्वपाबाट महामन्त्री कविन्द्र बुर्लाकोटी, नेपाली कांग्रेसबाट मोहन आचार्य, नेकपा एमालेबाट गुरु बराल र नेकपा बाट रमेश मल्ल लगायत सहभागी छन् ।

छलफलमा सांसदको शपथ, अभिमुखीकरण, संसदीय दलका बारेमा कुराकानी हुनेछ ।     

 
 

salt training

कमेन्ट गर्नुहोस्