०५ साउन २०८३, मंगलबार
कांग्रेस केन्द्रीय समिति बैठक

गगनको कुर्सी खाली राखेर सानेपामा कांग्रेस केन्द्रीय समिति बैठक

चैत ६, २०८२
काठमाडौं
गगनको कुर्सी खाली राखेर सानेपामा कांग्रेस केन्द्रीय समिति बैठक

चुनावमा पार्टी पराजयको प्रारम्भिक समीक्षा तथा पार्टी सभापति गगन थापाले दिएको राजीनामाबारे छलफल गर्न नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक शुरू भएको छ ।

राजीनामा गरेका पार्टी सभापति थापा अनुपस्थित भएपछि उनको कुर्सी खाली राखेर बैठक शुरू भएको हो । बैठकको अध्यक्षता उपसभापति विश्वप्रकाश शर्माले गरेका छन् । 

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकका लागि २ एजेन्डा तय भएको सहमहामन्त्री उदयशमशेर जबराले जानकारी दिए । चुनावको प्रारम्भिक समीक्षा र सभापतिको राजीनामाबारे आज छलफल हुने उनले बताए ।

null

चुनावको विस्तृत समीक्षा भने उम्मेदवारको रिपोर्ट आएपछि २ सातापछि गरिने जबराले जानकारी दिए ।

महामन्त्री गुरूराज घिमिरेले कांग्रेस बैठकले १५ औं महाधिवेशनको मिति तय गर्ने जानकारी दिए ।

१५ औं महाधिवेशन नभएपछि गगन–विश्वप्रकाशले पुस २८ गते विशेष महाधिवेशन बोलाएका थिए ।

विशेषबाट नेतृत्व परिवर्तन गरेर चुनावमा गएको कांग्रेसले पराजय व्यहोरेपछि सभापति थापाले राजीनामा गरेका थिए ।

कांग्रेस बैठक भोलिसम्म चल्ने महामन्त्री घिमिरेले जानकारी दिए ।

null

null

salt training

कमेन्ट गर्नुहोस्