०८ असार २०८३, सोमबार

इरानी विदेशमन्त्रीले किन गरे ३ हजार वर्ष पुरानो सभ्यताको स्मरण ?

चैत ७, २०८२
काठमाडौं
इरानी विदेशमन्त्रीले किन गरे ३ हजार वर्ष पुरानो सभ्यताको स्मरण ?

इरानका विदेशमन्त्री अब्बास अरागचीले अमेरिका र इजरायलसँगको जारी तनावका बीच इरानको ३ हजार वर्ष पुरानो गौरवशाली इतिहासको स्मरण गरेका छन् । उनले आफूहरूले फेरि इतिहासको नयाँ अध्याय लेखिरहेको दाबी गरेका छन्।

सामाजिक सञ्जाल 'एक्स' मार्फत नौरोज (इरानी नयाँ वर्ष) र इद-उल-फितरको शुभकामना दिँदै अरागचीले इरानमाथि भइरहेका आक्रमणहरूको सन्दर्भमा यस्तो टिप्पणी गरेका हुन्। उनले लेखेका छन्, "मेरा मानिसहरूले अनियन्त्रित आक्रमणहरू झेलिरहेका छन्, यस्तो समयमा म इद र नौरोज मनाउने सबैलाई शुभकामना दिन चाहन्छु।"

उनले इरानको प्राचीन सभ्यता र ३ हजार वर्ष लामो इतिहासले सधैँ यस क्षेत्रलाई बाह्य शक्तिहरूबाट बचाउँदै आएको उल्लेख गरे। "हाम्रो सभ्यताको ३ हजार वर्षको इतिहास छ, जसले इरानीहरू र यस क्षेत्रलाई बाहिरी आक्रमणकारीहरूबाट जोगाएको छ। अहिले हामी त्यही गौरवपूर्ण कथाको नयाँ अध्याय लेखिरहेका छौँ," उनले थपे।

यसैबीच, भारतीय विदेशमन्त्री एस जयशंकरले इरानी समकक्षी अरागचीसँग टेलिफोन वार्ता गरी इद र नौरोजको शुभकामना दिएका छन्। जयशंकरले सामाजिक सञ्जालमा दिएको जानकारी अनुसार उनीहरूबीच हालैको द्वन्द्व र त्यसले यस क्षेत्रमा पारेको बृहत्तर असरका बारेमा पनि गम्भीर छलफल भएको छ।

salt training

कमेन्ट गर्नुहोस्