२७ जेठ २०८३, बुधबार

एशियाली शेयर बजारमा भारी गिरावट देखियो

चैत ९, २०८२
काठमाडौं
एशियाली शेयर बजारमा भारी गिरावट देखियो

अमेरिका र इरानबीच बढ्दो तनाव र युद्ध चौथो हप्तामा प्रवेश गरेसँगै त्यसको प्रत्यक्ष असर एशियाली शेयर बजारमा देखिएको छ। सोमबार कारोबारको सुरुवातमै एशियाका प्रमुख शेयर बजारहरूमा भारी गिरावट आएको बीबीसीले जनाएको छ । 

दुवै देशले एकअर्का विरुद्ध युद्ध अझ चर्काउने चेतावनी दिएपछि लगानीकर्ताहरूमा त्रास फैलिएको हो। यसको परिणामस्वरूप जापानको प्रमुख बजार सूचक निक्केई २२५ कारोबारको सुरुवाती समयमै ४.८ प्रतिशतले ओरालो लागेको छ।

त्यस्तै, दक्षिण कोरियाको शेयर बजार पनि नराम्ररी प्रभावित भएको छ। त्यहाँको मुख्य सूचक कोस्पी मा ५.५ प्रतिशतभन्दा बढीको गिरावट देखिएको छ।
युद्धको अनिश्चितताका बीच अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा पनि उतारचढाव आएको छ। 
 

salt training

कमेन्ट गर्नुहोस्