२८ असार २०८३, आइतबार

हेमन्त धामीले ६ विकेट लिएपछि सुदूरपश्चिमले कर्णालीलाई हरायो

चैत ९, २०८२
काठमाडौं
हेमन्त धामीले ६ विकेट लिएपछि सुदूरपश्चिमले कर्णालीलाई हरायो

प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सोमबार खेलिएको खेलमा सुदूरपश्चिम प्रदेशले जित हासिल गरेको छ । वीरगञ्जमा खेलिएको उक्त खेलमा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई चार विकेटले हराएको हो ।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको कर्णाली प्रदेशले ३२ ओभरमै अलआउट हुनुअघि एक सय १९ रन मात्र बनाउन सक्यो । जवाफी ब्याटिङमा ओर्लिएको सुदूरपश्चिम प्रदेशले २९.२ ओभरमै ६ विकेट गुमाएर एक सय २२ रन बनाउँदै विजय लक्ष्य पार गर्‍यो ।

सुदूरपश्चिम प्रदेशको जितमा हेमन्त धामी नायक बने । पहिले ब्याटिङ गरेको कर्णालीलाई सस्तोमा समेट्ने क्रममा उनी एक्लैले ६ विकेट लिए । उनले सात ओभरमा एक मेडन राख्दै केवल १६ रन खर्चिएका थिए ।

शेर मल्ल, नारायण जोशी, अशोक धामी र मिलन बोहराले पनि एक–एक विकेट हात पारे । कर्णालीका लागि विपिन रावलले सर्वाधिक ३३ रन बनाए । 

ओपनर सुनिल धमलाले पनि टोलीको खातामा २८ रन थपे । अरविन्द घर्तीले १३ रन जोडे । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

कर्णालीले अतिरिक्त रूपमा २२ रन पायो । जवाफी ब्याटिङ गरेको सुदूरपश्चिमको जितमा किरण ठगुन्नाले २६, खड्क बोहोराले २३, मिलन बोहराले अविजित १८ र कप्तान शेर मल्लले अविजित १० रन बनाए ।

सुदूरपश्चिम प्रदेशले अतिरिक्त रूपमा पनि २५ रन पायो । कर्णाली प्रदेशका बलर अनुज चनरा र दिवान पुनले दुई–दुई विकेट लिए । प्रकाश जैसी र दीपेन्द्र रावतले पनि एक–एक विकेट हात पारे । 

हेमन्त धामी प्लेयर अफ दि म्याच घोषित भए ।
 

salt training

कमेन्ट गर्नुहोस्