२४ जेठ २०८३, आइतबार
कांग्रेस महाधिवेशन

भदौ २४ गते १५औँ महाधिवेशन उद्घान गर्नेगरी कार्यतालिका ल्याउने कांग्रेसको तयारी

चैत १०, २०८२
काठमाडौं
भदौ २४ गते १५औँ महाधिवेशन उद्घान गर्नेगरी कार्यतालिका ल्याउने कांग्रेसको तयारी

नेपाली कांग्रेसले आगामी भदौमा १५औँ महाधिवेश गर्नेगरी कार्यतालिका ल्याउने भएको छ ।

कांग्रेस सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको कार्यतालिकासहितको प्रस्ताव आज बस्ने केन्द्रीय कार्यसमिति बैठकमा पेश गर्ने तयारी गरेका हुन् । बैठक अब केही बेरमा पार्टी कार्यालय सानेपामा बस्दैछ । 

उनले प्रस्ताव गर्न लागेको कार्यतालिकामा साउनबाट वडा अधिवेशन शुरू गर्ने उल्लेख छ ।

भदौ २४ मा केन्द्रीय महाधिवेशन उद्घान गर्नेगरी कार्यतालिका ल्याउन लागिएको कांग्रेसका एक नेताले जानकारी दिए । 

आजको बैठकमा यससँगै उम्मेदवारसँग प्रदेशस्तरीय निर्वाचन समीक्षा,  प्रदेश तथा स्थानीय सरकारको प्रभावकारी सञ्चालन र भ्रातृ संघ, शुभेच्छुक संस्था तथा जनसम्पर्क समिति आदि एजेण्डामा छलफल हुँदैछ ।

बैठकमा २१ फागुनमा सम्पन्न निर्वाचन र त्यसबाट कांग्रेसको पक्षमा आएको नतिजाबारे समीक्षा हुने छ। बैठक सभापति थापा नेतृत्वमा बस्न लागेको हो । 

केही दिनअघि पार्टी सभापति गगन थापाले राजीनामा दिएका थिए । निर्वाचनमा पराजय भोगेका कारण नैतिकता देखाउँदै उनले राजीनामा दिएको उल्लेख गरेका थिए । तर गत शुक्रबार र आइतबार बसेको केन्द्रीय समिति बैठकले उनको राजीनामा अस्वीकृत गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्