२९ असार २०८३, सोमबार

कार्की आयोगको प्रतिवेदन चुनावअघि नै सार्वजनिक हुनुपर्थ्‍यो, अब ढिला नगरौं- गगन थापा

चैत १०, २०८२
काठमाडौं
कार्की आयोगको प्रतिवेदन चुनावअघि नै सार्वजनिक हुनुपर्थ्‍यो, अब ढिला नगरौं- गगन थापा

नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले भदौ २३ र २४ गतेको घटनाका विषयमा जाँचबुझ गर्न बनेको आयोगको प्रतिवेदन चाँडो सार्वजनिक गर्नुपर्ने बताएका छन् ।

मंगलबार कांग्रेस केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा बनेको आयोगले सरकारलाई प्रतिवेदन बुझाइसकेको सन्दर्भमा सरकारले चाँडो सार्वजनिक गर्नुपर्ने बताएका हुन् ।

उनले उक्त प्रतिवेदन फागुन २१ गतेको निर्वाचनअघि नै सार्वजनिक भइदिएको भए हुने समेत धारणा राखे । थापाले अब चाहिँ ढिला गर्न नहुने बताए ।

‘प्रतिवेदन चुनावअघि नै आउनुपर्थ्यो । आयोगले सरकारलाई बुझाइसकेको छ, अब सार्वजनिक गर्न ढिला गर्नुहुँदैन । भदौ २३ गतेको दमन र २४ गतेको विध्वंसका विषयमा आयोगले विनापूर्वाग्रह जाँचबुझ गरेको छ भन्ने हामीलाई विश्वास छ । हामीले त्यो प्रतिवेदन हेर्न पाउनुपर्छ । सरकारले तत्काल सार्वजनिक गरोस्’, थापाले भने ।

उनले नेपाली कांग्रेसको तर्फबाट सरकारलाई यस विषयमा अनुरोध समेत गरिसकेको बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्