२९ असार २०८३, सोमबार

झलकराम अधिकारीसँग २५ लाख धरौटी माग्ने विशेष अदालतको आदेश

चैत १०, २०८२
काठमाडौं
झलकराम अधिकारीसँग २५ लाख धरौटी माग्ने विशेष अदालतको आदेश

विशेष अदालतले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसँग २५ लाख रूपैयाँ धरौटी माग्ने आदेश गरेको छ ।

न्यायाधीशहरू सुदर्शनदेव भट्ट, हेमन्त मल्ल र उमेश कोइरालाको इजलासले मंगलबार अधिकारीसँग २५ लाख धरौटी माग्ने आदेश गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यही चैत १ गते अधिकारीसहित द कुटि रिसोर्ट प्रालिका म्यानेजिङ डाइरेक्टर एवं शेयरधनी देवेन्द्र केसी र बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-२० का रविन्द्र लामिछानेविरुद्ध विशेष अदालतमा आरोपपत्र दायरगरेको हो ।

अधिकारीले एच.के. इन्टरप्राइजेज प्रालि.को राजस्व अनुसन्धान विभागमा रहेको राजस्व चुहावट सम्बन्धी छानबिन तथा राजस्व चुहावट सम्बन्धी अन्य कसुरबाट बच्नका लागि सहजीकरणवापत सञ्चालक श्रीकृष्ण श्रेष्ठ बिज्यूबाट ७० लाख घुस लिएको अख्तियारको आरोप छ ।

यसैगरी, अधिकारीले विकास चापागाई, देवेन्द्र केसी, रविन्द्र लामिछाने लगायतसँगको मतसल्लाह तथा मिलेमतोमा उनीहरूको खाता रहेको ग्लोबल आईएमई बैंक, लुम्बिनी विकास बैंक र लक्ष्मी सनराइज बैंक लगायतका बैंक तथा वित्तीय संस्थामा रकम दाखिला गराएको आयोगले आरोपपत्रमा उल्लेख थियो । 

घुस रिसवत रकमको स्वरूप परिवर्तन गरी गराई भक्तपुरको थिमी नगरपालिका साविक वडा नं. १७ (हाल वडा नं.२)  स्थित दिव्यश्वरी आयोजना भित्रको कित्ता नं.९९८ क्षेत्रफल १६४.१४ व.मि (०-५-०-२.५९) जग्गा खरिद तथा देवेन्द्र केसी समेत सञ्चालक रहेको द कुटी रिसोर्टको कर्जा भुक्तानी समेतमा प्रयोग प्रचलनमा ल्याएको तथ्य पुष्टि भएको देखिएको भन्दै आयोग मुद्दा दायर गरेको थियो ।

आयोगले अधिकारीसँग ७० लाख बिगो मागदाबी गरेकोमा विशेष अदालतको प्रारम्भिक सुनुवाइले उनीसँग २५ लाख धरौटी लिएर मुद्दाको पुर्पक्ष गर्न आदेश गरेको हो । अधिकारी मंगलबार नै अदालतमा उपस्थित भएका थिए । 

यस्तो छ आदेश :

nullnullnull

salt training

कमेन्ट गर्नुहोस्