०९ साउन २०८३, शनिबार

संसद्‌मा आ-आफ्नो डम्फु बजाउने होइन, पार्टीको नीतिअनुसार प्रस्तुत हुने हो : ओली

चैत १२, २०८२
काठमाडौं
संसद्‌मा आ-आफ्नो डम्फु बजाउने होइन, पार्टीको नीतिअनुसार प्रस्तुत हुने हो : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रतिकूल अवस्थामा हुँदा पार्टीभित्रैबाट भ्रम सृजना गर्नु राम्रो नभएको बताएका छन् ।​

​एमालेका सांसदहरूलाई पार्टी कार्यालय च्यासलमा सम्बोधन गर्दै ओलीले जनतालाई सचेत तुल्याउनु अहिलेको सबैभन्दा ठूलो चुनौती भएको बताए । ‘हाम्रो संसदीय भूमिका पनि प्रभावकारी हुनु आवश्यक छ । अहिले जताततै भ्रम फैलाउने काम भइरहेको छ । त्यसैले जनतालाई सचेत तुल्याउन हामी चुक्नु हुँदैन । भ्रमबाट जनतालाई मुक्त गराउनु पर्छ । यसका लागि सबैभन्दा पहिले हाम्रो पार्टी एकताबद्ध र एकढिक्का भएर अगाडि बढ्नु आवश्यक छ,’ उनले भने ।

यतिबेला पार्टी प्रतिकूल अवस्थामा रहेकाले सबै एक ढिक्का भएर अगाडि बढ्नु आवश्यक रहेको उनले बताए । ‘प्रतिकूल अवस्थामा पार्टीभित्रैबाट भ्रम सृजना गर्नु राम्रो होइन । अहिले हामी सबै एकताबद्ध भएर अगाडि बढ्नु पर्छ । अहिलेको आवश्यकता यही हो,’ उनले भनेका छन् ।

यसैगरी, अध्यक्ष ओलीले पार्टीको तर्फबाट निर्वाचित सांसदहरूलाई संसद्‌मा पार्टीको नीतिअनुसार नै प्रस्तुत हुन आग्रह पनि गरे । ‘हामीले संसद्‌मा पनि पार्टीको नीति र दृष्टिकोणअनुसार एक भएर अगाडि बढ्नु पर्छ । हामी आ–आफ्नो डम्फु बजाउन संसद्‌मा पुगेका होइनौं । त्यसैले आफ्नो विचार होइन, पार्टीको विचार बोल्नु आवश्यक छ,’ उनले भन । 

सिंहदरबारस्थित संसद् भवनमा प्रतिनिधिसभा सदस्यहरूको शपथ ग्रहण समारोह लगत्तै एमाले सांसदरहरू च्यासल पुगेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्