०९ साउन २०८३, शनिबार

संसद्को पहिलो पङ्क्तिमा रास्वपालाई १० सीट, कांग्रेसलाई २, एमालेसहित बाँकी दललाई १ सीट

चैत १२, २०८२
काठमाडौं
संसद्को पहिलो पङ्क्तिमा रास्वपालाई १० सीट, कांग्रेसलाई २, एमालेसहित बाँकी दललाई १ सीट

प्रतिनिधिसभा बैठकको पहिलो पङ्क्तिका १६ सीटमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीलाई १० सीट छुट्याइएको छ ।

बिहीबार शपथका क्रममा पहिलो पङ्क्तिमा रास्वपाका १० र अन्य दलका ६ सांसद बसेका छन् ।

नेपाली कांग्रेसलाई २ सीट छुट्याइएको छ भने नेकपा एमाले लगायत अन्य दलका लागि एक/एक सीट छुट्याइएको छ । पहिलो पङ्क्तिमा रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह, उपसभापति द्वय डीपी अर्याल र स्वर्णिम वाग्ले बसेका थिए ।

रास्वपाकै महामन्त्री कविन्द्र बुर्लाकोटी, सहमहामन्त्री विपिन आचार्य र कोषध्यक्ष लिमा अधिकारी तथा सांसदद्वय सोविता गौतम र विराजभक्त श्रेष्ठ पहिलो रोमा बसेका थिए ।

नेपाली कांग्रेसको तर्फबाट भीष्मराज आङदेम्बे र मोहन आचार्य, नेकपा एमालेका रामबहादुर थापा बादल, नेकपाका पुष्पकमल दाहाल 'प्रचण्ड' पहिलो पङ्क्तिमा बसेका थिए ।

श्रम संस्कृति पार्टीका हर्क साम्पाङ र राप्रपाका ज्ञानेन्द्र शाही पनि संसद्को पहिलो पङ्क्तिमा बसेका छन् ।

संसद्‌मा रास्वपाका १८२, नेपाली कांग्रेसका १८, एमालेका २५ र नेकपाका १६ तथा श्रम संस्कृति पार्टीका ७ र राप्रपाका ५ सांसद छन् ।

salt training

कमेन्ट गर्नुहोस्