०२ साउन २०८३, शनिबार

भ्रष्टाचारका २२ काण्ड छानबिन गर्न बालेनलाई ज्ञानेन्द्र शाहीको आग्रह [सूचीसहित]

चैत १३, २०८२
काठमाडौं
भ्रष्टाचारका २२ काण्ड छानबिन गर्न बालेनलाई ज्ञानेन्द्र शाहीको आग्रह [सूचीसहित]

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीको शपथ लिन लागेका बालेन्द्र शाह (बालेन)लाई देशका प्रमुख २२ वटा भ्रष्टाचार काण्डहरूको निष्पक्ष छानबिनका लागि आह्वान गरेका छन्।

सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै शाहीले भ्रष्टाचारविरुद्धको लडाइँमा आफूले भोगेको पीडा र संर्घष स्मरण गर्दै बालेन नेतृत्वको सरकारले अपराधीहरूलाई कठघरामा उभ्याउने विश्वास व्यक्त गरेका हुन्।

सांसद शाहीले वि.सं. २०७६ साल जेठ १५ र असोज ११ गते सुर्खेत र चितवनमा आफूमाथि भएको साङ्घातिक हमलाको स्मरण गरेका छन्। भ्रष्टाचारविरुद्ध आवाज उठाएकै कारण ज्यानै जाने गरी आक्रमण भएको उल्लेख गर्दै उनले भनेका छन्, 'संसद् सदस्यका रूपमा करिब साढे दुई वर्षसम्म भ्रष्टाचारविरुद्ध चिच्याउँदा घाँटी दुख्यो, तर कार्यान्वयन हुन सकेन। तर आज आशा जागेको छ।'

उनले यी सबै काण्डहरूको निष्पक्ष छानबिन गरी दोषीहरूलाई जेल सजाय होस् भन्ने आफ्नो सपना रहेको बताएका छन् । 'भगवान रामजस्तै सत्य र न्यायको मार्गमा हिँड्नुहोस् । यदि सत्यका लागि १२ वर्ष वनवास बस्नुपरे पनि पछि नहट्नुहोस् । हामी तपाईंको साथमा छौं,' उनले भनेका छन्, 'तर कहिल्यै पनि अन्याय र भ्रष्टाचारको बाटो नअँगाल्नुहोस्। यही हार्दिक शुभकामना।'

शाहीले छानबिन माग गरेका २२ काण्डहरूमा लाउडा जहाज भ्रष्टाचार, वाइडबडी जहाज खरिद प्रकरण, सुडान घोटाला, लडाकु शिविर अनियमितता, ललिता निवास जग्गा प्रकरण,पतञ्जलि जग्गा प्रकरण, गिरीबन्धु टी–इस्टेट, टीकापुर जग्गा घोटाला, लिची बगान जग्गा प्रकरण, बालमन्दिर र बाँसबारी जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण, भिजिट भिसा प्रकरण, ओम्नी औषधि खरिद प्रकरण, नेपाल ट्रस्टको जग्गा प्रकरण, ३३ किलो सुन तस्करी, ६० किलो सुन तस्करी, सहकारी ठगी, सेक्युरिटी प्रेस खरिद (७० करोड), टेरामक्स प्रकरण, अन्तःशुल्क स्टिकर प्रकरण, मेलम्ची आयोजना र एनसेल प्रकरण छन् । 

 

salt training

कमेन्ट गर्नुहोस्