२२ जेठ २०८३, शुक्रबार

सुत्केरी व्यथा लागेकी गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

चैत १३, २०८२
हुम्ला
सुत्केरी व्यथा लागेकी गर्भवतीको हेलिकप्टरमार्फत उद्धार
फाइल फोटो

सुत्केरी व्यथा लागेकी एक जना गर्भवतीको आज हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

हुम्लाको सिमकोट गाउँपालिका–४ बुराउसेकी २५ वर्षीया अस्मिता बुढा लामालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख डा. उमाकान्त तिवारीले जानकारी दिए ।

आज बिहान सिमकोट बजारस्थित घरमै सुत्केरी व्यथा लागेपछि बुढालाई तत्काल हुम्ला जिल्ला अस्पताल पुर्‍याइएको थियो ।

अस्पतालमा गरिएको परीक्षणका क्रममा गर्भभित्र रहेको शिशुले मलमूत्र खाइसकेकाले अवस्था गम्भीर देखिएपछि तुरुन्तै शल्यक्रिया गर्नुपर्ने निष्कर्ष स्वास्थ्यकर्मीले निकालेका थिए ।

अस्पतालमा कार्यरत दुई चिकित्सक जिल्ला बाहिर रहेकाले तत्काल यो सेवा जिल्ला अस्पतालमा उपलब्ध हुन नसकेपछि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत सञ्चालन भइरहेको ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’मार्फत उद्धार गरिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्