२० असार २०८३, शनिबार
ओली-लेखक पक्राउ प्रकरण

कांग्रेसको इतर पक्षले बोल्यो आन्दोलनको भाषा, तयार रहन कार्यकर्तालाई अपिल​​

चैत १४, २०८२
काठमाडौं
कांग्रेसको इतर पक्षले बोल्यो आन्दोलनको भाषा, तयार रहन कार्यकर्तालाई अपिल​​

नेपाली कांग्रेसको इतर पक्षले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउको विरोध गरेको छ ।

कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले शनिबार विज्ञप्ति जारी गर्दै संवैधानिक, कानूनी र राजनीतिकरूपमा प्रतिवाद गर्ने चेतावनी दिएका हुन् ।​​​

'दूराशयपूर्ण तवरबाट भएको यस राजनीतिक प्रतिशोधले सरकार संविधान र लोकतन्त्रको प्रतिबद्धताबाट पछाडि हट्न पुगेको देखिन्छ । यस कार्यको संवैधानिक, कानूनी र राजनीतिकरूपमा प्रतिवाद गर्ने नेपाली कांग्रेसको यो बैठक निर्णय गर्दछ। साथै आइपर्ने जुनसुकै परिस्थितिको राजनीतिकरूपमा सामना गर्न देशभरिका पार्टीका साथीहरूलाई तयार रहन हार्दिक अपिल गर्दछ ।'

शनिबार कांग्रेसको इतर पक्षको छुट्टै बैठक पछि खड्काले विज्ञप्ति जारी गरेका हुन् ।

खड्काले पूर्वगृहमन्त्री रमेश लेखक र नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा  ओलीलाई कानूनविपरीत पक्राउ गरिएको भन्दै तत्काल रिहाइको माग गरेका छन् । 'आज बिहान नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई राजनीतिक प्रतिशोध साँध्ने उद्देश्यबाट सरकारले पक्राउ गरेको छ । त्यसको लगत्तै नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरी हिरासतमा राखेको छ। संविधान र प्रचलित कानूनविपरीत गरिएको यस कार्यको हामी भर्त्सना गर्दछौं । साथै उहाँहरूको तत्काल रिहाइको जोडदार माग गर्दछौं,' जारी विज्ञप्तिमा भनिएको छ । 

null

salt training

कमेन्ट गर्नुहोस्