
समानान्तर गतिविधि थालेको नेपाली कांग्रेसको असन्तुष्ट समूहले जिल्ला सभापतिहरूको भेला पनि बोलाएको छ ।
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको हैसियतामा आफूलाई उभ्याउँदै जिल्ला सभापतिहरूको भेला बोलाएका हुन् ।
१९ चैतमा धुम्बराहीस्थित स्मार्ट पार्टी प्यालेसमा बस्ने गरी बैठक बोलाइएको हो ।
बैठकमा २७ देखि ३० पुसम्म सम्पन्न भएको विशेष महाधिवेशनमा उपस्थित नभएका जिल्ला सभापतिहरू सहभागी हुनेछन् ।
त्यसअघि यो समूहले भोलि र पर्सि बस्नेगरी पुरानो केन्द्रीय समितिको बैठक बोलाएको छ ।