२० असार २०८३, शनिबार
मन्त्रिपरिषद् बैठक

संविधान संशोधन बहसपत्र तयार गर्न असिम शाहको संयोजकत्वमा समिति गठन

चैत १६, २०८२
काठमाडौं
संविधान संशोधन बहसपत्र तयार गर्न असिम शाहको संयोजकत्वमा समिति गठन
फाइल फोटो

सरकारले संविधान संशोधन बहसपत्र तयार गर्न प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वसांसद समेत रहेका शाहको संयोजकत्वमा संविधान संशोधन बहसपत्र तयार गर्न समिति गठन गर्ने निर्णय गरेको हो ।

सो समितिमा संसद्‌मा प्रतिनिधित्व गर्ने सबै दलको सहभागिता रहने सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । सर्वदलीय सहमतिका आधारमा संविधान संशोधनका लागि यो समिति बनाउने निर्णय भएको उनले बताए ।

रास्वपाले चुनावमा जारी गरेको बाचापत्रमा संविधान संशोधन गर्ने उल्लेख थियो ।

सोमबारको मन्त्रिपरिषद् बैठकले चैत १९ गते संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिश गर्ने समेत निर्णय गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्