२७ जेठ २०८३, बुधबार

आइसिसी महिला च्यालेन्ज ट्रफीका महिला क्रिकेट खेलाडी छनोट

चैत १६, २०८२
काठमाडौं
आइसिसी महिला च्यालेन्ज ट्रफीका महिला क्रिकेट खेलाडी छनोट

नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी महिला च्यालेन्ज ट्रफीका लागि आज दोस्रो चरणमा १८ खेलाडी छनोट गरेको छ ।

छनोट हुने टोलीको कप्तानी इन्दु बर्माले र उपकप्तानको जिम्मेवारी पूजा महतोले सम्हाल्ने जनाइएको छ । घोषित अन्य खेलाडीमा रुविना क्षेत्री, विन्दु रावल, सम्झना खड्का, रुबी पोद्दार, कविता जोशी, कविता कुँवर, रिया शर्मा, रोमा थापा, सुमन विष्ट, अनु कडायत, सिमाना केसी र मनिषा उपाध्याया छन् ।

यस्तै, रचना चौधरी, सोनी पाख्रिन, साना प्रवीन र सावित्री धामी छनोट भएकी छन् । रुवान्डामा आयोजना हुने उक्त प्रतियोगिता अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को नयाँ संरचनाअनुसार पहिलोपटक हुँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्