
काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार बिहान पक्राउ गरेको प्रहरी उच्च स्रोतले लोकान्तरलाई जानकारी दियो ।
स्रोतका अनुसार उनलाई काठमाडौंको बानेश्वरस्थित घरबाटै नियन्त्रणमा लिइएको हो ।
जेनजी आन्दोलनको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन कार्यान्वयनका क्रममा उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले बतायो ।
गत भदौ २३ र २४ गते जेनजी आन्दोलन हुँदा उनी काठमाडौंको प्रमुख जिल्ला अधिकारी थिए ।
आयोगले उनलाई पनि कारबाही सिफारिस गरेको थियो ।
प्रतिवेदन कार्यान्वयनकै क्रममा प्रहरीले यसअघि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिसकेको छ ।