
नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । भोलिदेखि सुरु हुने संसद अधिवेशनलाई लक्षित गर्दै बैठकले संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतक चयन गर्ने सम्भावना रहेको छ ।
पार्टीका पूर्व उपाध्यक्ष तथा सांसद गुरु बरालका अनुसार बैठक दिउँसो ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरिएको छ ।
फागुन २१ गते सम्पन्न निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ १६ सिट जित्दै कुल २५ सांसद सुनिश्चित गरेको छ ।
बैठकमा पार्टीका महासचिव शंकर पोखरेलले सांसदहरूलाई पार्टीको नीति तथा संसदमा निर्वाह गर्नुपर्ने भूमिकाबारे जानकारी गराउने कार्यक्रम रहेको बरालले बताए ।