
माइक्रोसफ्टले नेक्सरा बाई पेडल १ मा २.५ मिलियन अमेरिकी डलरको लगानी गरेको छ ।
पेडल ग्रुपका अनुसार यो प्लेटफर्म एक उन्नत एआई सक्षम प्रणाली हो जसले मानव संशाधन, ग्राहक व्यवस्थापन र परियोजना व्यवस्थापनलाई नयाँ गरिकाले पुनर्परिभाषित गर्दैछ ।
यो रणनीतिक लगानीले Nexara को दृष्टिकोणप्रति बढ्दो विश्वासलाई दर्शाउने कम्पनीले जनाएको छ । यो एक यस्तो एकीकृत सफ्टवेयर प्रणाली हो जहाँ जटिल व्यावसायिक प्रक्रियालाई सरल प्राकृतिक भाषाको निर्देशनमार्फत् सजिलै फरिमार्जन, विकास र सञ्चालन गर्न सकिन्छ ।
Nexara ले एउटा मौलिक परिवर्तन प्रतिनिधित्व गर्दछ जहाँ सफ्टवेयर सिक्नुपर्ने वस्तु नभई, प्रयोगकर्ताबाट सिक्ने प्रणाली बन्छ । यसको संरचनामा समावेश उन्नत AI एजेन्टहरूले संस्थाहरूलाई आफ्नो कार्यप्रणालीलाई तुरुन्तै अनुकूल बनाउन सक्षम बनाउँछन् ।
यो प्लेटफर्मले HR Tech, CRM र Project Management लाई एउटै smart प्रणालीमा एकीकृत गर्दै परम्परागत साइलोहरू हटाउँछ र AI-आधारित सहकार्यको नयाँ ढाँचा सिर्जना गर्दछ।
माइक्रोसफ्टका अध्यक्ष तथा CEO सत्य नाडेलाले लगानीबारे भनेका छन्, ‘हामी यस्तो युगमा प्रवेश गर्दैछौं जहाँ सफ्टवेयर स्थिर नभई संवादात्मक, अनुकूलनीय र अत्यन्त व्यक्तिगत बन्दै गएको छ । Nexara by Pedall ले प्राकृतिक भाषामार्फत कार्यप्रणाली निर्माण गर्ने क्षमता दिएर यस परिवर्तनलाई मूर्त रूप दिएको छ । Pedal Group ले विकास गरिरहेका AI एजेन्टहरूले व्यवसायहरूलाई छिटो अघि बढ्न, स्मार्ट निर्णय गर्न र नयाँ कार्यशैली अपनाउन सक्षम बनाउनेछ र यस यात्रामा साथ दिन पाउँदा माइक्रोसफ्ट उत्साहित छ ।’
Nexara by Pedall का CEO बिज्ञान गुप्ताले आगामी दिशाबारे आफ्नो धारणा व्यक्त गर्दै भने, ‘यो लगानी केवल आर्थिक सहयोग मात्र होइन यो हाम्रो विश्वासको पुष्टि हो कि सफ्टवेयरले निर्देशन दिनु अघि सुन्नुपर्छ । Nexara ले यस्तो भविष्य निर्माण गरिरहेको छ जहाँ व्यवसायिक उपकरणहरू उपकरणजस्तो नभई सहकर्मी जस्ता हुन्छन् । जहाँ जो कोहीले, प्राविधिक ज्ञान नभए पनि, आफ्नो संस्थाको कार्यप्रणालीलाई केवल आफ्नो अभिप्राय व्यक्त गरेर परिवर्तन गर्न सक्छ । हामी अहिले मात्र सुरुवात गर्दैछौं ।’
Nexara एक AI-आधारित एकीकृत प्लेटफर्म हो जसले HR Tech, CRM र Project Management लाई एउटै prompt-driven प्रणालीमा ल्याउँछ । Pedal Group द्वारा विकसित यस प्रणालीले संस्थाहरूलाई प्राकृतिक भाषामार्फत आफ्नो कार्यप्रवाह तुरुन्तै सिर्जना, परिमार्जन र विस्तार गर्न सक्षम बनाउँछ ।