
नेकपा एमालेको संसदीय दलको नेता चयनका लागि बुधबार निर्वाचन हुने भएको छ ।
सहमति जुट्न नसकेपछि निर्वाचनबाट दलको नेता चयन गर्न लागिएको हो ।
त्यसका लागि प्रक्रिया शुरू भइसकेको निर्वाचन संयोजक निरज आचार्यले लोकान्तरलाई जानकारी दिए
'अपराह्न ४ बजेसम्म मनोनयन दर्ताका लागि समय दिइएको छ,' आचार्यले भने, 'रामबहादुर थापा बादलको तर्फबाट उम्मेदवारी दर्ता भएको छ ।'
सुहाङ नेम्वाङले पनि उम्मेदवारी दर्ताका लागि फारम लगेको उनले जानकारी दिए ।
प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ अध्यक्षसहित सबै पदाधिकारी पराजित भएपछि एमालेलाई संसदीय दलको नेता चयनमा सकस भएको हो ।