
नेपाली कांग्रेसले अनधिकृत विज्ञप्ति जारी गरेको भन्दै निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सचेत गराएको छ ।
पार्टीको केन्द्रीय अनुशासन विभागको बुधबार बसेको बैठकले खड्कालाई अब यस्ता गतिविधि नगर्न सचेत गराउने निर्णय गरेको हो ।
'विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा पार्टीको नक्कली लेटरप्याड बनाएर आफूसँग नभएको जिम्मेवारी उल्लेख गर्दै आफू पार्टीमा छु भनी मिति २०८२ चैत १४ गते अनाधिकृत वक्तव्य जारी गर्ने कार्य गलत भएकाले सचेत गराइएको छ,' बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, 'अब उप्रान्त यस्ता किसिमको गलत काम गर्ने ती व्यक्तिउपर नेपाली कांग्रेसको विधान र प्रचलित कानूनबमोजिम कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरिन्छ ।'
खड्काले पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ पर्दा पार्टीको कार्यवाहक सभापतिको हैसियत उल्लेख गर्दै विज्ञप्ति जारी गरेका थिए । त्यही विषयलाई लिएर अनुशासन समितिले सचेत गराएको हो ।
अनुशासन समितिले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा अन्तरघात गर्नेहरूलाई ७ दिने स्पष्टीकरण सोध्ने निर्णय समेत गरेको छ ।
हेर्नुहोस्, विज्ञप्ति :
