२३ असार २०८३, मंगलबार

एमालेमा रमिता– सुहाङका लागि प्रस्तावक र समर्थक बस्न कोही तयार भएनन् !

उपाध्यक्ष रामबहादुर थापा निर्विरोध निर्वाचित हुने
चैत १८, २०८२
काठमाडौं
एमालेमा रमिता– सुहाङका लागि प्रस्तावक र समर्थक बस्न कोही तयार भएनन् !

नेकपा एमालेको संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा 'बादल' सर्वसम्मत चयन हुने भएका छन् ।

उम्मेदवारी दर्ताका लागि छुट्ट्याइएको समयभित्र बादलको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध चयन हुने भएका हुन् ।

निर्वाचन संयोजक निरज आचार्यले निर्धारित समयमा एउटा मात्र उम्मेदवारी परेको र प्रक्रिया पुर्‍याएर निर्विरोध निर्वाचित भएको घोषणा गरिने लोकान्तरलाई जानकारी दिए ।

युवा नेता सुहाङ नेम्वाङले पनि उम्मेदवारी मनोनयनका लागि फारम लगेका थिए ।

तर, उनका लागि प्रस्तावक र समर्थक बस्न अन्य सांसद तयार नभएपछि उम्मेदवारी दर्ता गराउन नसकेको एमाले स्रोतले लोकान्तरलाई जानकारी दियो ।

शुरूमा राजेन्द्र राई र डा. अर्जुन कार्की प्रस्तावक/समर्थक बस्ने तयारी गरेका थिए । उनीहरूलाई एमाले महासचिव शंकर पोखरेलले ब्याक गराएपछि सुहाङको केही लागेन ।

प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ अध्यक्षसहित सबै पदाधिकारी पराजित भएपछि एमालेलाई संसदीय दलको नेता चयनमा सकस भएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्