२६ असार २०८३, शुक्रबार

महेश बस्नेतविरुद्ध शोभा पाठकले दिएको रिट उच्च अदालतद्वारा खारेज

चैत १८, २०८२
काठमाडौं
महेश बस्नेतविरुद्ध शोभा पाठकले दिएको रिट उच्च अदालतद्वारा खारेज

नेकपा एमालेका सचिव महेश बस्नेत जोडिएको मुद्दामा शोभा पाठकले दिएको रिट खारेज भएको छ ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय सोमकान्त मैनाली र केशवप्रसाद अधिकारीको इजलासले बुधबार पाठकको रिट खारेज गर्ने फैसला गरेको हो ।

बलात्कार, भ्रूण हत्या र चोरी डाँका मुद्दामा प्रहरीले जाहेरी लिन नमानेपछि पाठकले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा हुलाकमार्फत जाहेरी दिएकी थिइन् ।

सरकारी वकिलको कार्यालयले मुद्दा नचल्ने निर्णय गरेपछि पाठक त्यसविरुद्ध उच्च अदालत पाटन पुगेकी थिइन् ।

पाठकको सो रिट उच्च अदालतले बुधबार खारेज गरिदिएको हो ।

हेर्नुहोस्, आदेश:

null

salt training

कमेन्ट गर्नुहोस्