०४ साउन २०८३, सोमबार

इरानसँग कुनै सम्झौता आवश्यक छैन : ट्रम्प

चैत १९, २०८२
काठमाडौं
इरानसँग कुनै सम्झौता आवश्यक छैन : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्ध जितेको बताएका छन् । इरानको क्षेप्यास्त्र र ड्रोन क्षमताहरू नष्ट भएको उनको भनाइ छ । 

ट्रम्पले इरानको नौसेना ध्वस्त भएको र देशको सैन्य शक्ति उल्लेखनीय रूपमा कमजोर भएको दाबी गरे । 

उनले इरानसँगको युद्ध अन्त्य गर्न कुनै सम्झौता आवश्यक नभएको पनि बताए । अमेरिकाले यो युद्ध २ देखि ३ हप्तामा समाप्त गर्न सक्ने उनको भनाइ थियो । 'इरानलाई सम्झौताको आवश्यकता छैन। जब हामीलाई लाग्छ कि उनीहरू यति कमजोर छन् कि उनीहरू धेरै वर्षसम्म आणविक हतियार बनाउन सक्दैनन्, तब हामी जान्छौं। सम्झौता होस् वा नहोस्, यो अहिले महत्त्वपूर्ण छैन।'

salt training

कमेन्ट गर्नुहोस्