
प्रतिनिधिसभाको पहिलो बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन् ।
पहिलो बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यसूची अनुसार रास्वपाका तर्फबाट रविले सम्बोधन गर्ने भएका हुन् ।
यद्यपि, संसदीय दलको नेता भने प्रधानमन्त्री बालेन्द्र शाह हुन् । अन्य दलहरूतर्फ पनि दलको नेताले सम्बोधन गर्ने छन् ।