०७ साउन २०८३, बिहीबार

बालेन नेतृत्वको सरकारबाट जनताले सुशासन र पारदर्शिताको अपेक्षा गरेका छन्- नारायण दाहाल

चैत १९, २०८२
काठमाडौं
बालेन नेतृत्वको सरकारबाट जनताले सुशासन र पारदर्शिताको अपेक्षा गरेका छन्- नारायण दाहाल

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारबाट जनताले सुशासन, पारदर्शिता, जवाफदेहिता, सेवा प्रवाहको प्रभावकारिता र विकास निर्माणका काममा गति आउने अपेक्षा गरेको बताएको छन् । 

बिहीबार राष्ट्रियसभाको २० औं अधिवेशनको शुभारम्भमा मन्तव्य राख्दै उनले देशको राजनीतिक परिदृश्यमा महत्त्वपूर्ण परिवर्तन भएको उल्लेख गरे । 

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट नेपाली जनताले नयाँ जनादेश दिएको भन्दै उनले लोकतान्त्रिक व्यवस्थामा जनताको मतमार्फत् व्यक्त भएको जनादेश सर्वोपरि हुने उल्लेख गरेका छन् । 

‘जनताका यस्ता आकांक्षा र अपेक्षालाई सम्बोधन गर्न सरकारलाई नीति, कानून र निगरानीका माध्यमबाट उचित दिशानिर्देशन गर्नु हाम्रो साझा दायित्व हो’, उनले भने‚ ‘यस सन्दर्भमा राष्ट्रियसभाको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण रहनेछ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु । साथै सरकार कानूनसम्मत ढङ्‍गले चल्ने जनभावनाको उचित कदर हुने कुरामा हामी सबै विश्वस्त छौं ।’​

salt training

कमेन्ट गर्नुहोस्