३० असार २०८३, मंगलबार
प्रतिनिधिसभाको पहिलो बैठक

म सदनमा आउनै नपर्ने मान्छे, कसरी आइपुगेँ– महावीर पुन

चैत १९, २०८२
काठमाडौं
म सदनमा आउनै नपर्ने मान्छे, कसरी आइपुगेँ– महावीर पुन

स्वतन्त्र सांसद महावीर पुनले आफू अरूभन्दा निकै फरक रहेको बताएका छन् ।

उनले आफ्नो बोल्ने र काम गर्ने तरिका फरक रहेको भन्दै सबैसँग मिल्न नसक्ने बताए ।

'म एउटा अचम्मको सांसदको रूपमा यहाँ आएको छु । म फरक छु । बोल्ने तरिका फरक छ । काम गर्ने तरिका फरक छ । म प्राय: सबैसँग मिल्दिनँ,' पुनले बुधबार संसदको पहिलो बैठकमा भने, 'म आउनै नपर्ने मान्छे यहाँ कसरी आइपुगेँ भन्न पनि चाहन्छु ।'

उनले आफू अमेरिकाबाट फर्किएपछि ३३ वर्षदेखि पूर्णकालीन समाजसेवीका रूपमा रहेको बताए ।

'म अमेरिकामा पढेर २०४९ भाद्रमा आएको । अहिलेसम्म ३३ वर्षभन्दा बढी काटिसक्यो । एउटा झोला बोकेर पूर्णकालीन समाजसेवीको रूपमा काम गरिराखेको छु । म राजनीतिज्ञ होइन, समाजसेवी नै रहनेछु ।'

उनले सदनमा आफ्नो भूमिका पक्ष-विपक्षभन्दा पनि निष्पक्ष हुने बताए ।

साथै, उनले आफू शिक्षा मन्त्री छँदा गर्न नपाएको कामको फेहरिस्त समेत संसदमा सुनाए ।

salt training

कमेन्ट गर्नुहोस्