३१ जेठ २०८३, आइतबार

बलात्कार आरोपमा ३ जना पक्राउ

चैत २०, २०८२
काठमाडौं
बलात्कार आरोपमा ३ जना पक्राउ

 

उदयपुर, प्युठान र रूपन्देहीमा बलात्कार गरेको आरोपमा ३ जना पक्राउ परेका छन् ।

१६ किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ​उदयपुरगढी गाउँपालिका ७ हाडेबास बस्ने २० वर्षीय बिपु परियारलाई प्रहरीले बिहीबार साँझ पक्राउ गरेको हो ।​

बिपुले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यसैगरी, १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्युठानको सरूमारानी गाउँपालिका १ फर्सावाङ बस्ने ३२ वर्षीय तिलक विश्वकर्मालाई पनि प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको छ ।

तिलकले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी चौकी ढुङ्गेगढीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यसैगरी, रूपन्देहीमा १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कञ्चन ​गाँउपालिका १ बस्ने ४२ वर्षीय मनबहादुर थारू पक्राउ परेका छन् । उनलाई प्रहरीले बिहीबार साँझ पक्राउ गरेको हो ।

मनबहादुरले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्