२० असार २०८३, शनिबार

चुनावमा हार बेहोरेको नेमकिपाको केन्द्रीय समिति बैठक भक्तपुरमा

चैत २२, २०८२
काठमाडौं
चुनावमा हार बेहोरेको नेमकिपाको केन्द्रीय समिति बैठक भक्तपुरमा

 नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को केन्द्रीय समिति बैठक शनिबारदेखि भक्तपुरमा सुरु भएको छ । बैठकको पहिलो दिन पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँले राजनीतिक प्रशिक्षण दिए ।

उनले देशको वर्तमान राजनीतिक अवस्था, गत फागुन २१ को निर्वाचन र यसबाट उब्जिएका नयाँ परिस्थितिबारे केन्द्रीय सदस्यहरूलाई समीक्षात्मक जानकारी गराए ।

कार्यक्रममा पार्टी केन्द्रीय सचिव प्रेम सुवालले केन्द्रीय समितिको प्रतिवेदन पेस गरे । नेमकिपाका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईंका अनुसार केन्द्रीय सदस्यहरूले प्रतिवेदन प्रस्तुत गर्ने क्रम जारी रहेकाले बैठक आइतबार पनि जारी रहने छ । भक्तपुर-२ को सदाबाहर विजेता नेमकिपाले यो पटक चुनावमा हार बेहोरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्