
नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको अनुमति पाएका दुई संस्था सिटी वालेट प्रालि (सिटीपे) र छिटो पैसा प्रालि गाभिएका छन् ।
यी दुई संस्था गाभिएर अब ‘सिटी वालेट प्रालि’ को नामबाट एकीकृत कारोबार सञ्चालन हुने भएको छ ।
मर्जरमा गएका यी दुवै संस्थाले आउँदो वैशाख ३ गतेदेखि एकीकृत व्यावसायिक कारोबार शुरू गर्नेछन् ।
नेपाल राष्ट्र बैंक, भुक्तानी प्रणाली विभागका अनुसार साविकका दुवै संस्थाको सम्पूर्ण सम्पत्ति तथा दायित्व नयाँ बन्ने संस्थाले व्यहोर्ने गरी मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गरिएको हो ।
‘हामी छिटो पैसाका हरेक ग्राहक र विशेष गरी सडकमा पसिना बगाउने राइडर हिरोहरूलाई सिटीपेको परिवारमा स्वागत गर्न आतुर छौं’, सिटीपे वालेटका सीईओ विनय रेग्मीले भने, ‘यो मर्जर केवल दुई संस्थाको मिलन मात्र नभई, सेवाग्राहीका लागि थप सुविधा, सुरक्षा र लाभको ग्यारेन्टी हो ।’