२८ जेठ २०८३, बिहीबार

शेयर बजारमा सय अंकमाथिको पहिरो

चैत २२, २०८२
काठमाडौं
शेयर बजारमा सय अंकमाथिको पहिरो

शेयर बजारमा निकै ठूलो पहिरो गएको छ ।

आइतबार शेयर बजार परिसूचक नेप्से १०५ दशमलव ५० शून्य अंकले घटेर २६७६ दशमलव ६८ बिन्दुमा कायम भएको छ ।

समग्र नेप्सेमा ३ दशमलव ७९ प्रतिशतले गिरावट आउँदा कुनै पनि सेक्टर हरियो हुन सकेन । सबैभन्दा बढी अन्य समूह ६ दशमलव ०९, जलविद्युत ४.८४, विकास बैंक ४ दशमलव ३२ अंकले घटे ।

सबैभन्दा धेरै गुमाउनेमा नारायणी डेभलपमेन्ट बैंक, हिमालयन रिइन्स्योरेन्स, भूगोल इनर्जी, गर्डियन माइक्रो लाइफ इन्स्योरेन्स, सप्तकोशी डेभलपमेन्ट बैंक, पियोर इनर्जी, सान्भी इनर्जीलगायत रहे ।

यी सबैमा सर्किटकै लेभलमा गिरावट आयो । यो गिरावटका बीच पनि रिलायन्स स्पिनिङ मिल्सलगायत केही नयाँ कम्पनीमा भने सर्किट लेभलकै वृद्धि देखियो । 

salt training

कमेन्ट गर्नुहोस्